khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 10:27 पूर्वाह्न
Share
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमा छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।