राष्ट्रिय समाचार
वैकल्पिक शक्तिको निर्माण गर्न भन्दै बाबुरामले थाले पहल– जनार्दन, डीपी लगायतसँग छलफल
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्न भन्दै छलफल शुरू गरेका छन् ।
त्यसक्रममा उनले बिहीबार रास्वपाका उपसभापति डीपी अर्याल र माओवादी परित्याग गरेका जनार्दन शर्मालगायतसँग छलफल गरेका हुन् ।
‘जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ/वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच गम्भीर छलफल जारी छ...
पूरा समाचार पढ्नुहोस्