प्रवास
दक्षिणी अफ्रिकामा बाढी : कम्तीमा १०० जनाको मृत्यु
दक्षिणी अफ्रिकाका देशहरू दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ। धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ।
सबैभन्दा बढी क्षति मोजाम्बिकमा भएको छ। त्यहाँको विपद् व्यवस्थापन निकायका अनुसार गत वर्षको अन्त्यदेखि शुरू भएको असामान्य वर्षा यामका कारण १०३ जनाको मृत्यु भएको छ ।
बाढी, डुबान, पूर्वाधार भत्किनु, चट्याङ लाग्नु र हैजाजस्ता कारणले ज्यान गएको जनाइएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार मोजाम्बिकमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका ...
पूरा समाचार पढ्नुहोस्