राष्ट्रिय समाचार
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलको उम्मेदवारी
नेपाली कांग्रेसको महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवार परेको छ ।
काठमाडौंमा जारी दोस्रो महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीका लागि शर्मा र पौडेलको उम्मेदवारी दर्ता भएको हो ।
सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ । सहमतिका प्रयास विफल भएपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयन प्रक्रियामा गएको हो ।
आजै मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढेको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।
पुस २७ देखि शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयन गर्दै आजै समापन गर्ने तयारी छ।
पूरा समाचार पढ्नुहोस्