विशेष

टिपर दुर्घटनामा चालकको मृत्यु

lokaantar.com | मङ्गलबार, 13 जनवरी 2026, 10:10 अपराह्न
Share
टिपर दुर्घटनामा चालकको मृत्यु
 अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज साँझ भूमिकास्थान नगरपालिका–३ ठूलाखर्कस्थित भित्री सडकखण्डमा लु२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको हो । गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक ट्रक सडकबाट करिब चार सय मिटर तल खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}