अर्थतन्त्र
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ ।
पूरा समाचार पढ्नुहोस्