राष्ट्रिय समाचार
                १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
                    
                        भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २१ वर्षीय सन्तोष भुजेल रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
सन्तोषले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 
                        पूरा समाचार पढ्नुहोस्