खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु गरिएको छ । दिक्तेल बजारको भानुचोकमा रहेको सो सालिक लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको थियो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनर्निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार […]