काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका विषयमा दिएको अभिव्यक्ति आश्चर्यजनक भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको भन्दै आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्– ‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र […]