काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किए लगत्तै आइतबार पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकअघि उनलाई काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा कार्यकर्ता एवं शुभेच्छुकहरूले उनलाई स्वागत गरेका थिए । अहिले केन्द्रीय समिति बैठक जारी छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी