विशेष

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 11:12 अपराह्न
Share
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।  पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।  कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उनले बताए । कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}