राष्ट्रिय समाचार
उपमहासचिवमा उम्मेदवारी दिएँ, टीममा नपरे पनि लड्छु- राजेन्द्र गौतम
नेकपा एमालेका प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष केपी शर्मा ओली प्यानलबाट पदाधिकारीको आकांक्षी रहेका गौतमले टीममा नपरेपछि छुट्टै उम्मेदवारी दिएका हुन् ।
उनले टीममा नपरे पनि प्रतिस्पर्धा गर्ने बताए ।
'उपमहासचिवमा उम्मेदवारी दर्ता गराएर आएँ । टीममा नपरे पनि लड्छु,' गौतमले भने ।
ओली प्यानलबाट उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार छन् ।
पूरा समाचार पढ्नुहोस्