राष्ट्रिय समाचार

ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा रघुजी पन्तको उम्मेदवारी

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 03:14 अपराह्न
Share
ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा रघुजी पन्तको उम्मेदवारी
नेकपा एमालेको उपाध्यक्षका लागि रघुजी पन्तले उम्मेदवारी दिने भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिन लागेको नेता पन्तले लोकान्तरलाई जानकारी दिए । ‘उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदैछु,’ उनले भने । केपी शर्मा ओली सरकारमा शिक्षा मन्त्री रहेका पन्त कुनै समूहमा खुलेका थिएनन् । संस्थापन पक्षबाट पदाधिकारीको अपेक्षा गरेका उनी टीममा नपरेपछि पोखरेल समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन् । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?