रास्वपाको विशेष बैठक जारी, विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 09:52 अपराह्न
Share
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विशेष बैठक जारी छ। भर्चुअल (जुम) मार्फत बैठक भइरहेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, केन्द्रीय समितिको गत मंसिर ३ गतेको निर्देशनमा उच्च संवाद समितिको प्रगति र विवेकशील साझा पार्टीबाट आएको पार्टी एकता प्रस्ताव सम्बन्धमा छलफल भइरहेको छ।