खेलकुद
मैत्रीपूर्ण महिला फुटबल : नेपाल इन्डोनेसियासँग पराजित
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित भयो ।
खेलको २०औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरेकी थिइन् । तर इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेकी थिइन् । खेलको पहिलो हाफमा अग्रता लि...
पूरा समाचार पढ्नुहोस्