विशेष

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 06:20 अपराह्न
Share
४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ
उदयपुरमा ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-४ जतनपुर बस्ने २८ वर्षीय कुलबहादुर मगर रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । मगरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?