राष्ट्रिय समाचार
हारमा भारतको कीर्तिमान, शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिनस्विप’
भ्रमणकारी टोली दक्षिण अफ्रिकाले भारत विरुद्धको टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । गुवाहाटीमा खेलिएको दोस्रो टेस्टमा पनि दक्षिण अफ्रिकाले भारतलाई चार सय आठ रनको विशाल अन्तरले पराजित गर्‍यो ।
दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन बुधबार घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा केवल एक सय ४० रन बनाउँदै अलआउट हुन पुग्यो । भारतीय टोली पाँच सय ४९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेलिएको दुई खेलको शृंखला दक्षिण अफ्रिकाले २–० ले जितेको हो ।...
पूरा समाचार पढ्नुहोस्