विशेष
पानीमा डुबेर दुई बालबालिकाको मृत्यु
रौतहट र सप्तरीमा पानीमा डुबेर एक/एक जनाको मृत्यु भएको छ ।
रौतहटको राजपुर नगरपालिका-१ बहुअर्वा टोल बस्ने फुल महमद धोवीको छोरी ४ वर्षीया साहाना खातुनको सोही ठाउँस्थित खाल्टोको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, सप्तरीको राजगढ गाउँपालिका-२ बनैनिया टोल बस्ने श्रवण मुखियाको छोरा साढे १ वर्षीय प्रियान्स मुखियाको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो नै मृत्यु भएको हो ।
पूरा समाचार पढ्नुहोस्