विशेष
माइतीघरमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
जेनजी आन्दोलनका घाइतेहरूले आज काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।
आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारबाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत माग राखेर घाइतेहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफूहरू कुनै दल विशेषको विरुद्धमा नरहेको स्पष्ट गर्दै आन्दोलनको मर्म र जेनजी समूहहरूको माग बमोजिम सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
पूरा समाचार पढ्नुहोस्