खेलकुद

पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 03:45 अपराह्न
Share
पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार अपरान्ह ४ बजे शुरू हुनेछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङको निर्णय लिएको हो । दोस्रो सिजनको एनपीएलमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको थियो भने पोखरा एभेन्जर्स पराजित बनेको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?