प्रवास
अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला
अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव बुधबार फेला परेको प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरले जानकारी दिएका छन् ।
तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परी ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला परेको हुँदा परिवारलाई हस्तान्तरण गरिएको अधिकारीले बताएका छन् ।
कामगरले घटनाबारे थप विवरण भने दिनुभएन । बदाख्सान लगायत अफगानिस्तानका केही भागहरूमा विगत केही हप्तादेखि भारी वर्षा, बाढी, हिमपात भएको थियो र अहिले यो शान्त भएको छ ।
पूरा समाचार पढ्नुहोस्