राष्ट्रिय समाचार

चन्द्रागिरिमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 02:34 अपराह्न
Share
चन्द्रागिरिमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ
चन्द्रागिरि नगरपालिका- ८ मातातिर्थ लंकोटमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकरसहित २२ जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?