अर्थतन्त्र
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ पुगेको छ ।
बुधबार यो मूल्य २ लाख ३७ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।
बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार २ हजार ९९० रुपैयाँमा थियो ।
पूरा समाचार पढ्नुहोस्