राष्ट्रिय समाचार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सुर्खेतमा एक जना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अनिरामले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्