राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 05:55 अपराह्न
Share
जेनजी आन्दोलनमा लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुरमा शिवराज धमला रहेका छन् ।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका-११ बाट पक्राउ गरेको हो । उनी राइड शेयरिङमा आबद्ध रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि कुटपिट, हत्या, प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?