सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार मण्डलको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।