राष्ट्रिय समाचार
माओवादी केन्द्रको अन्तिम केन्द्रीय कमिटी बैठक
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी)को बैठक शुरू भएको छ ।
नेकपा एस लगायत पार्टीसँगको एकताबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बसेको हो ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा मंगलबार शुरू बैठकको आरम्भमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका छन् ।
भोलि पार्टी एकीकरणको तयारीमा जुटेको माओवादी केन्द्रको यो अन्तिम केन्द्रीय कमिटी बैठक रहेको नेताहरूले बताएका छन् ।
केन्द्रीय कमिटी बैठकअघि सचिवालयको बैठक बसेको थियो ।
पूरा समाचार पढ्नुहोस्