काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै भेला गरेको भन्दै ईश्वर पोखरेल समूहप्रति आपत्ति जनाएका छन्। उनले महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय भएको भन्दै यो सम्पन्न भए लगत्तै भएको भेला अपेक्षित नभएको भन्दै आपत्ति जनाएका हुन्। ‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो। महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन। […]