khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 01:41 अपराह्न
Share
कैलाली– धनगढी उपमहानगरपालिका-७ जेबी चोकस्थित बिजुली पोल गाड्ने क्रममा हाइटेन्सनको तारबाट करेन्ट लागेर गोदावरी नगरपालिका-९ बस्ने १८ वर्षीय अमृत चौधरीको आइतबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजिबनी अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।