राष्ट्रिय समाचार
कटुवा पेस्तोलसहित १ जना पक्राउ
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए । यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार थिए ।
यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक...
पूरा समाचार पढ्नुहोस्