राष्ट्रिय समाचार
नगद कारोबारको सीमा घट्यो
सरकारले नगद कारोबारको सीमा घटाउँदै अब एक पटकमा ५ लाख रुपैयाँभन्दा माथिका सबै प्रकारका कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा, वस्तु खरिद–बिक्री तथा अन्य वित्तीय कारोबारमा पारदर्शिता बढाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो।
यसअघिको व्यवस्थामा नगद कारोबारको सीमा १० लाख रुपैयाँ थियो। मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले औपचारिक वित्तीय प्रणालीलाई मजबुत बनाउन नगद कारोबारको ...
पूरा समाचार पढ्नुहोस्