विचार
संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा एमालेको रिट, १७ गते पेसी
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट बुधबार दर्ता भएको हो । मंसिर १७ गते बुधबारका लागि पेसी समेत तोकिएको उनले जानकारी दिए ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर एमालेले रिट दायर गरेको हो ।
पूरा समाचार पढ्नुहोस्