समाज
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
घरायसी विवादमा छोराले गए राति बुवालाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।
पूरा समाचार पढ्नुहोस्