राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 01:13 अपराह्न
Share
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा धन्यवाद दिएका थिए ।