विशेष

बागमती प्रदेशमा मात्रै दुई लाख पाँच हजार नयाँ मतदाता थपिए

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 06:52 पूर्वाह्न
Share
बागमती प्रदेशमा मात्रै दुई लाख पाँच हजार नयाँ मतदाता थपिए
बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ ।  विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्रदेशको मतदाता सङ्ख्या ३४ लाख २२ हजार ८६९ थियो ।  मकवानपुर जिल्लामा गत २०७९ को निर्वाचनमा तीन लाख दुई हजार २४ जना मतदाता रहेकामा राष्ट्रिय परिचयपत्रको तथ्याङ्कबाट सात हजार ६३३ जना र प्रदेश निर्वाचन कार्यालयमा दर्ता भएका छ हजार ९७० जना नयाँ मतदाता थप भएका बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?