हेडलाइन
कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको हो । कांग्रेसले हिजोमात्रै आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।
पूरा समाचार पढ्नुहोस्