खेलकुद
स्टार्क एक्लैले सात विकेट लिएपछि अस्ट्रेलियासामु निरीह बन्यो इङ्ल्यान्ड
ऐतिहासिक एसेस शृंखलाको पहिलो टेस्टको पहिलो पालीमा भ्रमणकारी टोली इङ्ल्यान्ड घरेलु टोली अस्ट्रेलियासामु निरीह बनेको छ ।
पर्थमा शुक्रबार शुरू भएको पहिलो टेस्टको पहिलो पालीमा इङ्ल्यान्डको टोली निराशाजनक प्रदर्शन गर्दै केवल एक सय ७२ रन बनाउँदै अलआउट भयो ।
टस जितेर ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले अर्धशतक बनाए । उनले ६१ बलमा एक छक्का र पाँच चौका पनि हिर्काए ।
अन्य ब्याट्सम्याको प्रदर्शन भने निराशाजनक रह्यो । टोलीको कुल स्कोर केवल ३९ रन रहँदा इङ्ल्यान्डले तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।
...
पूरा समाचार पढ्नुहोस्