खेलकुद
सशिन र सुमनको जोडीले उपाधि जोगायो, नागबहाल लगातार तेस्रोपटक च्याम्पियन
नागबहालका सशिन डंगोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५औँ यल कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ उपाधि जोगाउन सफल भएको छ ।
सशिन र सुमनको जोडीले फाइनलमा ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीलाई २१–१२, २२–२० अंकले हराउँदै उपाधि रक्षा गरेको हो ।
सशिनले सुधा शाक्यसँग मिलेर मिक्स युगलतर्फको उपाधि पनि जिते । उक्त जोडीले फाइनलमा नागबहालकै सुमन शाक्य र लस्ता शाक्यको जोडीलाई १७–२१, २१–१२, २१–१४ अंकले हरायो ।
पुरुष युगलतर्फ प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको...
पूरा समाचार पढ्नुहोस्