राष्ट्रिय समाचार
जेनजी आन्दोलनका क्रममा भागेका थुनुवा आफैं प्रहरीको सम्पर्कमा आए
इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट फरार भएका सवारी अंगभङ्ग मुद्दाका एक थुनुवा आफैं प्रहरीको सम्पर्कमा आएका छन्।
जिल्ला झापा, कचन्कवल गाउँपालिका-६ घर भई हाल काठमाडौं, दक्षिणकाली नगरपालिका-३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल फरार भएको लगभग दुई महिनापछि प्रहरी नियन्त्रणमा आएका हुन्।
रिमाल गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट भागेका थिए । उनी सवारी अंगभङ्ग मुद्दामा अनुसन्धानका लागि हिरासतमा थिए।
आज बिहान रिमाल आफैं इलाका प्रहरी कार्यालय झिलझिलेमा आएका थिए । प्रहरीले ...
पूरा समाचार पढ्नुहोस्