खेलकुद

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

lokaantar.com | शनिबार, 15 नोभेम्बर 2025, 09:09 अपराह्न
Share
एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई
एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । सुरुआती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट  भने १३–२५, १७–२५ ले गुमायो । त्यसपछि  खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?