राष्ट्रिय समाचार
बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
बाँकेमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका- २ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनार छन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्