विशेष

निकोलस भुसाललाई सर्वोच्चमा उपस्थित गराइयो, सुनुवाइ हुँदै​

lokaantar.com | Monday, 10 Nov 2025, 02:12 PM
Share
निकोलस भुसाललाई सर्वोच्चमा उपस्थित गराइयो, सुनुवाइ हुँदै​
निकोलस भनिने कमल भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भुसालले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ भइरहेको हो । यस अघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भुसाललाई २४ घन्टा भित्र अदालतमा उपस्थित गराउन आदेश गरेको थियो । आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै भुसालले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?