राष्ट्रिय समाचार
असामान्य परिस्थिति भन्दै एमालेले बोलायो विघटित संसदीय दलको बैठक
नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ ।
आगामी मंसिर २ गतेका लागि संसदीय दलको बैठक आव्हान गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।
'मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो,' उनले भने ।
उनका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
पूरा समाचार पढ्नुहोस्