विशेष
गर्भवतीलाई पाँच हजार पोषण भत्ता वितरण
व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ ।
नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो ।
गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म ५२ जनालाई रु दुई लाख ६० हजार रकम प्रदान गरिएको हो ।
गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरुलाई रकम प्रदान गरिएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम...
पूरा समाचार पढ्नुहोस्