विशेष

अशक्तलाई घरमै नागरिकता

lokaantar.com | Saturday, 31 Jan 2026, 11:00 PM
Share
अशक्तलाई घरमै नागरिकता
सङ्खुवासभाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिइन् ।  अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत पुस १९ गते निवेदन दिएकी थिइन् । प्राप्त कागजातका आधारमा बानियाँलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ थपलियाले बताइन् । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}