१९ उपसचिव र ८ अधिकृतको सरुवा, धेरैलाई नगरपालिकामा खटाइयो
khabarhub.com|
Thursday, 06 Nov 2025, 09:51 PM
Share
काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको छ। सरुवा भएका अधिकांश उपसचिवहरुलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ। केहीलाई भने जिल्ला समन्वय समितिमा पनि पठाएको छ। त्यस्तै केही अधिकृत पनि परिवर्तन भएका छन्। ८ शाखा अधिकृतको कार्यक्षेत्र फेरबदल गरेको मन्त्रालयले गरेको छ।