राष्ट्रिय समाचार

मुग्लिन-नारायणगढ सडकको जलबिरेमा सुक्खा पहिरो, एकतर्फी सञ्चालन​

lokaantar.com | Thursday, 06 Nov 2025, 05:47 PM
Share
मुग्लिन-नारायणगढ सडकको जलबिरेमा सुक्खा पहिरो, एकतर्फी सञ्चालन​
मुग्लिन-नारायणगढ सडक खण्डको जलबिरे नजिकै सुक्खा पहिरो खसेको छ । बिहीबार साँझ करिब ५:१० बजे​ झरेको पहिरोले सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।​ मशिन ल्याएर पहिरो पन्छाउने कार्य भइरहेको छ । पहिरो पन्छाएर सवारी आवागमन दुवैतर्फ सञ्चालनमा ल्याउन करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ । साथै यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?