म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट संकलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् । ख्याली नाच समूहका कलाकारहरुले दसैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणबापत संकलन गरेको रु एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो खेलेर जुटाएको दुई लाख म्याग्दीको सबैभन्दा विकट मानिने गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका […]