राष्ट्रिय समाचार
जेनजी आन्दोलनमा लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको टीकापुरमा शिवराज धमला रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका-११ बाट पक्राउ गरेको हो ।
उनी राइड शेयरिङमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि कुटपिट, हत्या, प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
पूरा समाचार पढ्नुहोस्