राष्ट्रिय समाचार
प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी घोषणा, माधव नेपाल सहसंयोजक
पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी गठनको घोषणा भएको छ ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित ९ दलको एकीकरण भएर बुधबार नयाँ दल गठनको घोषणा भएको हो ।
नवगठित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल रहने घोषणा बुधबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा गरिएको छ ।
नेता महिन्द्रराय यादवले गरेको प्रस्ताव हलले अनुमोदन गरेको हो ।
नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने घोषणा तय यसअघि नै भइसकेको छ ।
पूरा समाचार पढ्नुहोस्